काठमाडौं ।
भारतका प्रशिद्ध कलाकार तथा यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है जस्ता चर्चित नेपाली गितका गायिका आशा भोस्ले बुधबार नेपाल आउँदैछिन् ।
साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा आउन लागेकी गायिका आशाले झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यैलगायतका नेपाली गित पनि गाएर गितसङ्गीतमा ठूलो योगदान दिएकी छन् ।
असी वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने साधना कला केन्द्रले जनाएकाे छ ।





























प्रतिक्रिया