लेखापरीक्षकहरूका कारण भ्रष्टाचार बढ्दै

लेखापरीक्षकहरूका कारण भ्रष्टाचार बढ्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले लेखापरीक्षकहरूका कारण भ्रष्टाचार बढ्दै गएको बताएका छन् ।

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एन्ड फ्रड’ विषयको राष्ट्रिय सम्मेलनलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै उनले लेखापरीक्षकहरूले आर्थिक अनियमिततालाई मिलाउने काम गर्दा भ्रष्टाचार र ठगी बढ्दै गएको बताएका हुन् । प्रमुख आयुक्त घिमिरेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कतिपय अनुसन्धानमा सुरुदेखि नै लोखापरीक्षकका लागि भाग छुट्याउने गरेको पाइएको बताए ।

कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले निजी र सरकारी सबै क्षेत्रमा भ्रष्टाचार र ठगी बढ्दै गएको बताए । उनले निजी क्षेत्रबाट ठगी हुने र सरकारी निकायहरूबाट भ्रष्टाचार हुने गरेको बताए । उनले लेखापरीक्षकहरूले लेखापरीक्षण गरी प्रमाणित गरेका कतिपय विषयहरुमा भ्रष्टाचार र ठगी भेटिने गरेको बताए । यसबाट लेखापरीक्षकहरू व्यवसायिक धर्मबाट विचलन भएको पाइएको बताउँदै त्यस्तो अवस्था आउन दिन नहुने बताए ।

महालेखापरीक्षक शर्माले पवित्र उद्देश्यले खोलिएको धार्मिक संस्था तथा कृषि उत्पादनमा समेत भ्रष्टाचार हुने बताउँदै हिसाब मिलाएर गरिने भ्रष्टाचार केलाउन चुनौति रहेको बताए। त्यस्तै भ्रष्टाचारलाई कम गर्न लेखापरीक्षणका मापदण्डहरुले वित्तीय ठगीको परिभाषाहरूलाई समेत समावेश गर्नुपर्ने उनले बताए ।

Skip This
Skip This
Logo