काठमाडौं ।
राष्ट्रियसभा सदस्य एवं काँग्रेस नेता रमेशजंग रायमाझी आफ्नै घरको आँगनको डिलबाट लडेर गम्भिर घाइते अवस्थामा छन् ।
घरमा काम गर्ने महिलाकी ७ वर्षीय छोरी लड्न लागेको देखेपछि उनलाई जोगाउन जाँदा रायमाझी आफैं लडेका थिए । करिव १५ फिट अग्लो पर्खालबाट खसेका उनलाई भेट्न अहिले काँग्रेसका उच्च नेताहरुका साथै शुभचिन्तकहरुको बाक्लो भिड लागेको छ ।
केहि दिन अघि उनलाई काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

रायमाझी गतमहिना डेंगुको संक्रमणबाट थलिएका थिए । १७ दिन विरामी परेर उठेका उनी अहिले अर्को घटनापछि निवास वनस्थली हाइटमा अस्पतालको सल्लाहमा आराम गरिरहेका छन् । रायमाझीको हात र करंगमा गम्भिर चोट लागेको छ ।
रमेश जंग रायमाझी ०७४ मा भएको निर्वाचनमा मोरंगको निर्वाचन क्षेत्र नम्वर ६ का नेपाली काँग्रेसका उम्मेदवार डा. शेखर कोईरालाका सारथी बनेका थिए । पछिल्लो समय जनता माझ लोकप्रिय बनेका युवा नेता रायमाझी तत्कालिन प्रतिनिधी सभाको लागि टिकटमा प्रतिस्पर्धामा रहेका थिए ।

तर सो क्षेत्रमा पार्टीले डा. शेखर कोईरालालाई उठाएपछि उनी कोइरालाका नजिकका सहयोगी बनेका थिए । मोरंगको सुन्दरहरैचामा निकै राम्रो प्रभाव भएका रायमाझी विपक्षीको नजरमा राम्रो नेताका रुपमा गनिन्छन् ।































प्रतिक्रिया