भारतीय सांसदलाई बलात्कार मुद्दामा आजीवन कारावास सजायँ

भारतीय सांसदलाई बलात्कार मुद्दामा आजीवन कारावास सजायँ

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली ,

बलात्कार अभियोग लागेका भारतीय सांसद कुलदीप सेंगरलाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ । भारतीय जनता पार्टीका नेता समेत रहेका सेंगरलाई शुक्रबार दिल्ली अदालतले आजीवन जेलसहित २५ लाख जरिवाना तोकेको हो ।

२०१७ मा उत्तर प्रदेशको उन्नाओस्थित कानुन क्याम्पसकी छात्रामाथि बलात्कार गरेको अभियोग उनीमाथि थियो । जिल्ला न्यायाधीश धर्मेश शर्माका अनुसार कुलदीपले एक महिनाभित्रै २५ लाख जरिवाना बुझाउनु पर्नेछ ।

सेंगरले एक सार्वजनिक सेवकको रुपमा जनताको विश्वासलाई धोका दिए । उनले परिस्थितिलाई न्युनिकरण गरेको पाइएन, न्यायाधीशले उनको निवेदन अस्वीकार गर्दै भने । यस्तै अदालतले पीडितका परिवारलाई सेंगरले १० लाख रकम थप क्षतिपुर्ति दिनुपर्ने बताएको छ ।
एजेन्सी

Skip This
Skip This
Logo