‘राजनीतिमा देशभक्ति हुनु पर्छ’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)

‘राजनीतिमा देशभक्ति हुनु पर्छ’ : प्रधानमन्त्री ओली (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा देशभक्ति हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री भन्ने कार्यक्रममा राजनीतिबारे बालबालिकाहरुलाई बताउँदै राजनीति फोहोरी खेल बनाइएको पनि बताए। प्रधानमन्त्री ओलीले राजनीति आफैंमा फोहोरी खेल नभई राजनीति गर्नेहरुले फोहोरी खेल बनाएको तर्क गरे ।

राजनीति त्याग र निष्ठा पनि रहेको बताउँदै बालबालिकाहरुलाई समय आएपछि राजनीतिमा लाग्न पनि प्रेरित गरे । उनले भने, ‘राजनीति गर्नु भनेको एउटा त्याग गर्नु हो । राजनीति गर्नु भनेको कमाउनु होइन । कतिले भन्ने गरेको सुनेको छु मैले जोगी हुन राजनीति गरेको होइन भन्ने । राजनीति भोगी हुनको लागि गरेको पनि होइन । एक ढंगले जोगी हुनैका लागि राजनीति गरेको हो । आफू जोगी हुन तयार हुनु पर्छ राजनीति गर्ने मान्छेले र देश बनाउन तयार हुनु पर्छ । त्यो भनेर राजनीति सुन्दाखेरी सबै तर्सिने अवस्था होला । राजनीतिको टुप्पोमा बस्ने मान्छेहरु साशनको टुप्पोमा बस्ने मान्छेहरु जोगी जस्तै हुनु पर्दछ ।’

नेपाल स्काउटले हरेक वर्ष जनवरी एकका दिन प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बालबालिकाहरुले प्रधानमन्त्रीसँग समसामयिक राजनीति, समाज, बालबालिकाको अधिकार र बालबालिका सम्बन्धी सरकारका नीतिहरुका बारेमा प्रश्न सोध्ने गर्दछन् । कार्यक्रममा उपत्यका भित्रका दर्जन बढी विद्यालयका सय भन्दा बढी बालबालिकाहरु सहभागि भएका थिए ।

Skip This
Skip This
Logo