काठमाडौं ।
राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लबले विजयी शुरुवात गरेको छ । मनाङले विभागीय टोली एपीएफ क्लबलाई २–० गोलले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा मनाङका लागि दुवै गोल विमल रानाले गरेका थिए । उनले खेलको २८ औँ तथा ३४ औँ मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ दि म्याच विमल भए । जितसँगै मनाङले तीन अङ्क जोडेको छ ।
खेलको प्रारम्भदेखि नै मनाङले एपीएफलाई दबाबमा राखेको थियो । तालमेल मिलाउन नसक्दा खेल गुमाउनु परेको एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले बताए ।































प्रतिक्रिया