मध्यपुर थिमीको पर्यटकीय विकासका लागि सम्पदा पदयात्रा

मध्यपुर थिमीको पर्यटकीय विकासका लागि सम्पदा पदयात्रा

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।
मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि सम्पदा पदयात्रा गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास तथा प्रचार प्रसार गर्न शुक्रबार सम्पदा पदयात्रा गरेको हो । पदयात्रा मध्यपुर थिमिको सम्पदाचोकदेखि शुरु भई बोडेमा पुगेर समापन भएको छ । सम्पदा पदयात्रामा नयाँ निर्माण भएका तथा पुनः निर्माण भएका सम्पदाहरुलाई अवलोकन गरिएको थियो । मध्यपुर थिमिभित्रका पाटी, पौवा, पोखरी, मन्दिर पार्क तथा ढुंगेधाराको अवलोकन गर्दै थिमिलाई पर्यटकीय गन्तव्यको रुपमा विकास भयो भन्ने सन्देश प्रवाह गर्न सम्पदा पदयात्रा गरिएको नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए।

पदयात्रामा स्थानीय जनप्रतिनिधी तथा सर्वसाधारण, पर्यटन बोर्ड, पर्यटक पथप्रदर्शक तथा ट्राभल एजेन्सीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्पदा पदयात्राले देशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको मध्यपुर थिमि खुल्ला रहेको सन्देश दिएको पनि नगरप्रमुख श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo