काठमाडौं । कलाकार दीपक क्षेत्रीको अन्त्योष्टि सोमबार मात्र हुने भएको छ । बिगत ३ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका दीपक क्षेत्रीको ५८ वर्षको उमेरमा शनिबार निधन भएको छ । उनी डिल्लीबजारस्थित आफ्नै निवासमा कोठाभित्र सुतेकै अवस्थामा मृत भेटिएका हुन् । भित्रबाट चुकुल लगाएको अवस्थामा शनिबार दिउँसो क्षेत्री मृत भेटिएका थिए । उनको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल पु¥याइएको छ ।
परिवार स्रोतका अनुसार क्षेत्री तीन वर्ष अघिदेखि थलिएका थिए । तर आर्थिक अभावका कारण उनको उपचार हुन सकेको थिएन । उनको स्वरको नलीमा मासु पलाएको थियो । समयमा उपचार नहुनुका कारण उनले आफ्नो स्वर नै गुमाएका थिए ।
सन् २०१७ को मार्च महिनामा विभिन्न संघ संस्था र व्यक्तिबाट सहयोग रकम जुटेपछि मात्र उनको स्वर नलीको शल्यक्रिया गरिएको थियो । तर उनि अझै पनि बिरामी नै थिए । त्यसैले आफू अस्वस्थ रहंदा रहँदै पनि आर्थिक अभावका कारण निरन्तर अभिनयमा लागिरहेका थिए ।
दीपकले ‘सीमाना’, ‘राजा रानी’, ‘झोला’, ‘मसान’लगायत दर्जनाँै नेपाली फिल्महरूमा अभिनय गरेका छन् । फिल्म ‘सेतो सूर्य’मा उनले गरेको अभिनयको निकै तारिफ भएको थियो । उनि अभिनित पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ हो ।
उनकी श्रीमती विपना र छोरी रिस्ता देश बाहिर रहेका कारण दीपकको अन्त्यष्टि सोमबार मात्र गरिने कलाकार निर्मल शर्माले आफ्नो फेसबुकमा स्टाटस मार्फत बताएका छन् ।































प्रतिक्रिया