घाज्नी, अफगानिस्तान । अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।
प्रान्तीय परिषद्का प्रमुख नासिर अहमद फाक्विरीले शनिबार भएको आन्तरिक घटनामा परी उनीहरुको मृत्यु भएको जानकारी दिए ।
क्वाराबाघ जिल्लामा रहेको एउटा सुरक्षाचौकीमा सुतिरहेका बेला आफ्नै सहकर्मीले गोली चलाएपछि उनीहरूको घटनास्थलमै मृत्यु भएको फाक्विरीले बताए । शनिबार विहानको समयमा घटना भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी अरू दुई सुरक्षाकर्मी घाइते भएका छन् । रासस































प्रतिक्रिया