नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरूलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो । "/>

खेलाडीहरूको तन रुझ्यो, मन रम्यो (फोटोफिचर)

खेलाडीहरूको तन रुझ्यो, मन रम्यो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।  नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगर परिक्रमा गरिएको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलावालले खेलाडीहरूलाई अविर र फुलमाला लगाएर नगर परिक्रमा गरिएको हो । पदकधारी खेलाडीहरूलाई काठमाडौं, ललितपुर भक्तपुरका विभिन्न स्थानमा नगरपरिक्रमा गरिने कार्यतालिका रहेपछि मौसमको खराबीका कारण कार्यक्रम छोटो पारिएको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले बताए।

खेलाडीलाई सम्मान गर्न गरिएकाे नगर परिक्रमा राखेपको परिसरबाट सुरु भएर न्युरोड, भोटाहिटी, रत्नपार्क, भृकुटीमण्डप, भद्रकाली, सिंहदरबार, थापाथली हुँदै त्रिपुरेश्वरसम्म पदकधारी खेलाडीहरुलाई परिक्रममा गरिएको थियो । उपाध्यक्ष तिमल्सिनाले साग पाएको सफलताले खुसीसँगै चुनौतीहरू पनि थपेको बताए। उपाध्यक्ष तिमल्सिनाले प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्न खेलाडी, उनीहरूका अभिभावकको ठुलो सहयोग रहेको बताए।

मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन भएको सागमा नेपालले ५१ स्वर्ण पदकसहित दोस्रो स्थान हासिल गरेको थियो ।

 

Logo