काठमाडौं, २०७६ मंसिर २६ । काठमाडौैंको सुन्धारास्थित एक रेष्टुरेण्टमा आगलागी भएको छ । सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई बुधबार राति आगलागी भएको हो ।
आगलागीबाट जलेर रेष्टुरेण्टमा काम गर्ने ५ जना घाइते भएका छन् । आगो निभाउने क्रममा घाइते भएका उनीहरूलाई तत्काल उद्दार गरी उपचारको लागि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको छ ।
घाइतेमध्ये २ जनालाई थप उपचारको लागि कीर्तिपुर मोडेल अस्पताल रिफर गरिएको छ । आगलागीबाट भान्सा कोठामा रहेका खाद्य तथा अन्य सामानहरु जलेको प्रहरीले जनाएकाे छ ।





























प्रतिक्रिया