पाकिस्तान, २०७६ मंसिर २६ ।
पाकिस्तानको लाहोरस्थित एक अस्पतालमा गएर वकिलहरूले तोडफोड गरेका छन्। बुधबार लाहोरस्थित पञ्जाब इन्टिच्युट अफ कार्डिओलोजीमा दर्जनौ वकिलहरू छिरेर तोडफोड गरेका हुन्।
वकिलका अनुसार दुई हप्ता पहिला आफ्नो सहकर्मीलाई डाक्टरले हमला गरेका थिए। सोही बदला लिनको लागि उनीहरूले अस्पतालभित्र ताेडफोड गरेका बताएका छन् ।
वकिलहरूको आक्रमणबाट केही बिरामी गम्भीर घाइते भएका छन् भने केही बिरामीको मृत्यु भएको बिबिसीले जनाएको छ।
पञ्जावका स्वास्थ्य मन्त्री यास्मीन राशिदका अनुसार उक्त घटनामा तीन जना बिरामीको मृत्यु भएको र ४० वकिललाई गिरफ्तार गरिएको पाकिस्तानी पत्रिका डनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।





























प्रतिक्रिया