काठमाडौं, २०७६ मंसिर २५ । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि बेलायतका नवनियुक्त राजदुत निकोला पोल्लिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले बेलायतबाट नेपालका लागि पहिलो महिला राजदुतको रुपमा नियुक्त भएकोमा राजदुत निकोलालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । निकोलाको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद हुने मन्त्री थापाको विश्वास छ ।
बेलायतमा बसोबास गरिरहेका नेपाली र ब्रिटिश गोरखाका केही समस्या रहेको बताउँदै उनिहरुको समस्या समाधानका लागि भूमिका खेलिदिन राजदुत निकोलालाई गृहमन्त्री थापाले आग्रह गरेका छन् ।
भेटमा राजदुत निकोलाले बेलातयले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने र आगामी दिनमा थप सहयोग बिस्तार गरिने आश्वासन दिएकी छन् ।































प्रतिक्रिया