काठमाडौं, २०७६ मंसिर २३ ।
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
आजका टप ५ समाचारहरु मध्ये नेपालमा आज सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले ऐतिहासिक स्वर्ण हात पारेकाे छ ।सागमा नेपालले आफ्नो सपना मात्रै साकार पारेन झण्डै एक दर्जन कीर्तिमान समेत बनाएको छ । स्वदेशमा रोजगार नभएर विदेश प’गेका नेपालीहरुको जीवन सुरक्षित हुन सकेका छैनन् । साउनयता मात्रै २५१ जना नेपालीले ज्यान विदेशी भूमिमा गुमाएका कुरालाई आजको समाचारमा प्रमुखताका साथ अटाएको छ ।
त्यस्तै एक जना प्रेमिकाले आफूसँग विवाह गर्न नमानेको भन्दै आफनै प्रेमीको लिंग काटिदिएकाे समाचारले पनि स्थानमा पाएकाे छ । यस यसकाे बारेमा पुरा जान्न भिडियो हेर्नुपर्ने हुन्छ । हामी केही मिनेटको दुरीमा जान सवारीसाधन चढ्छौ । तर, एकजना ७२ वर्षिया बेलायती महिला दौडेर नेपाल आउँदैछिन् । हेरौं यो रोचक र सन्देशमूलक समाचार पनि हाम्रो समाचार भित्र परेका छन् ।
थप समाचार हेरौं यो भिडियोमा :































प्रतिक्रिया