काठमाडौं, २०७६ मंसिर २४ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङमा सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।
मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराएका हुन् ।
आज १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन हुँदैछ । विशेष कार्यक्रम गरेर सागको समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब रमेशकुमार सिलवालले समापन समारोहलाई व्यवस्थित गरिने र तयारी पूरा भएको जानकारी दिएका छन् ।
सदस्य सचिव सिलवालले प्रतियोगिता सुरुदेखि अहिलेसम्म व्यवस्थित रुपमा सञ्चालन भइरहेको र समापनलाई अझै व्यवस्थित बनाउने बताएका हुन् ।
डेढ घण्टासम्म चल्ने समापन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो प्रविधिमार्फत सम्बोधन गर्ने जनाइएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिमा समापन हुने कार्यक्रम छ। समापन समारोहकै अवसरमा १४ औँ साग आयोजक राष्ट्र पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिनेछ ।































प्रतिक्रिया