नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज अन्तिम दिन। आज पुरुष फुटबलको फाइनल खेल हुँदैछ। खेलको टिकट लिन दशरथ रङ्गशालाबाहिर सर्वसाधारणको भिड लागेको छ।
टिकट नपाएपछि आक्रोशित सर्वसाधारण र प्रहरीबीच विवाद भएपछि तनावको अवस्था आएको छ। तनावपछि प्रहरीले लाठीचार्ज गरेको छ। लाठीचार्जबाट पत्रकारसहित केही सर्वसाधारण घाइते भएका छन्। घाइते हुनेमा नागरिक दैनिकका पत्रकार सुमन चापागाई पनि रहेका छन्।
घाइतेहरूलाई नजिकैको ब्लुक्रस अस्पतालमा उपचारका लागि लगिएको छ।































प्रतिक्रिया