अब साउदीका रेस्टुरेण्टमा महिला-पुरुषले एउटै ढोका प्रयोग गर्न पाउने

अब साउदीका रेस्टुरेण्टमा महिला-पुरुषले एउटै ढोका प्रयोग गर्न पाउने

केन्द्रबिन्दु
0
Shares

रियाद,२०७६ मंसिर २४ ।

अब साउदी अरेबियाका कुनै पनि रेस्टुरेण्टमा छिर्न महिला र पुरुषले एउटै ढोका प्रयोग गर्न पाउने भएका छन् । संसारकै सबभन्दा कडा मानिने सामाजिक नियमलाई परिवर्तन गर्दै यहाँ यस्तो घोषणा भएको हो ।

यसअघि साउदीका सबै रेस्टुरेण्टमा महिला र पुरुषले अलग ढोकाबाट छिर्नुपर्ने हुन्थ्यो । यस्तै पुरुष र महिलालाई सार्वजनिक स्थलमा समेत सामुहिक रुपमा सँगै जमघट गर्न दिइँदैनथ्यो ।

युवराज मोहम्मद बिन सलमानले यसै वर्ष महिलालाई ड्राइभिङ लाइसेन्स दिने व्यवस्था ल्याएका थिए । साउदी अरेबिया महिला र पुरुषलाई लैंगिक विभाजन गराउने कडा सामाजिक नियम भएका मुलुकमध्ये एक हो । यसका लागि महिला अगुवा तथा अभियानकर्मीहरुले आवाज उठाउँदै आएका थिए ।
एजेन्सी

Logo