भ्रमण वर्ष–२०२० सन्दर्भ : पर्यटन मन्त्री र वायुसेवा सञ्चालकबीच छलफल

भ्रमण वर्ष–२०२० सन्दर्भ : पर्यटन मन्त्री र वायुसेवा सञ्चालकबीच छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २३ ।

वायु सेवा सञ्चालकहरूले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गरेकाे सहयोगको आह्रवानप्रति प्रतिबद्धता जनाउदैं वायु सेवा सञ्चालकहरूले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।

सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकहरूका संगठन ‘वायु सेवा सञ्चालक संघ, नेपालका पदाधिकारीहरूसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरूले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको विषयमा जानकारी दिदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरुको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राखेका थिए । मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरूलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह गरे । यसैगरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सृजनात्मक सहयोग गर्नका लागि अनुरोध गरे।

वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा सञ्चालकहरू सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाए । उनले संघको तर्फबाट वायुसेवाहरूको समस्या र समधानको विषयमा सुझाव समेत राखे । उनले नेपाल भ्रमण वर्ष–२०२० को अवधिभर निषेधित क्षेत्रमा हेलीकप्टर कम्पनीहरूलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राख्नु राखेका थिए ।

यसैगरी काठमाडौंदेखि रामेछापसम्मका बाटो स्त्तराेन्नतीको लागि अनुरोध गरे । छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेष्ट प्रा.लिका योगराज कडेल शर्मा लगायतले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा कम्पनीहरूको सहयोग रहने बताएका थिए ।

विदेशी विशिष्ट व्यत्तित्व र सेलीब्रेटीहरूलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसको विषयमा ठोस कार्य योजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएका छन् ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी थिए ।

पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को विषयमा छलफललाई तिब्र बनाएका छन् ।

Skip This
Skip This
Logo