काठमाडौं, २०७६ मंसिर २२ । नेपालमा जारी १३ औं साग खेलकुदकाे पुरुष फुटबलमा मिडफिल्डर सुनिल बलको गोलमा नेपालले बंगलादेशमाथि १–० ले जित निकाल्दै स्वर्ण पदककाे लागि भुटानसँगकाे भेट पक्का गरेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै ११ औं मिनेटमा गोल गरेका थिए । नेपालले खेलको शुरुवात देखि नै बंगलादेशलाई दवावमा राखेको थियो ।
भुटानले यसअघि शनिबारको खेलमा श्रीलंकालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।































प्रतिक्रिया