काठमाडौं, २०७६ मंसिर २२ । लागू पदार्थ बनाउने रसायनसहित एक चिनियाँ नागरिक काठमाडौंमा पक्राउ परेका छन् । नेापालकाे बाटो हुँदै न्युजिल्याण्ड जान लागेका झाङ चाओलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एक कार्गोबाट ल्याएको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक पक्राउ गरेकाे हाे ।
चीनको सिचुवानका चाओ १५ नोभेम्बरमा पहिलो पटक काठमाडौं आएका थिए । उनले आफैले प्याकेजिङ गरेर न्युजील्याण्ड पठाउन खोजेको प्रहरीसमक्ष बताएका छन् ।
चिनिया नागरिकबाट बरामद इफेड्रिनको चीनमा नेपाली मूल्य २ लाख २५ हजार रुपैयाँ बराबरको हुन आउने प्रहरी अनुसन्धानबाट खुलेको छ ।































प्रतिक्रिया