संगीताकाे ऐतिहासिक सफलतासँगै नेपालकाे पोल्टामा ४३ स्वर्ण

संगीताकाे ऐतिहासिक सफलतासँगै नेपालकाे पोल्टामा ४३ स्वर्ण

केन्द्रबिन्दु
0
Shares

काठमाडौ‍ं, २०७६ मंसिर २१ । जनकपुरमा जारी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् । ५५ किलो तौल समूह  अन्तर्गत बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै उनले स्वर्ण  जितेकी हुन् ।

साग इतिहासमा नेपालले कुस्तीमा जितेको यो नै पहिलो स्वर्ण हो । समग्रमा जारी सागमा नेपालको यो ४३ औं स्वर्ण पदक हो।

Skip This
Skip This
Logo