अनुमति मिले सर्वोच्चमा बहस गर्न आफैं जान्छु : पर्यटन मन्त्री

अनुमति मिले सर्वोच्चमा बहस गर्न आफैं जान्छु : पर्यटन मन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २०७६ मंसिर २० ।  निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्कालका लागि राेक्न सर्वोच्च अदालतले शुक्रबार आदेश दिएकाे छ  । अदालतले आन्तरिम आदेशमा दुवै पक्षलाई बाेलाएसँगै बहसका लागि  अनुमति मिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफैं जाने बताएका छन् ।

यो आयोजना राष्ट्रिय महत्व र देशको भविष्यसँग जोडिएका कारण आफैं बहसमा जान तयार रहेको बताएका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले निजगढ विमानस्थल निर्माणबारे बाहिर फैलाइएका अफवाह हटाउनु आवश्यक रहेको बताए ।

सर्वोच्चले आयोजना नबनाउन राेक नलगाएकाे भन्दै छलफलमा बोलाउँदैमा आयोजनाको पूर्वतयारीका काम नरोकिने उनले बताए । यो आयोजनामा काट्ने रुखको संख्या, वातावरण बिनासमा अनावश्यक डाटा बाहिर ल्याएर अफवाह फैलाइएको भन्दै उनले नागरिक उड्डयन क्षेत्रका विज्ञले अफवाह चिर्ने गरी अभियान थाल्नुपर्ने समेत बताए ।

Logo