काठमाडौं,
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।
पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले २ घण्टा २१ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पूरा गरेर स्वर्ण पदक हात पारेका हुन्।
किरणलाई भारतका राशपाल सिंहले पछ्याएका थिए। उनले २ घण्टा २१ मिनेट ५७ सेकेण्डमा निर्धारित दुरी पार गर्दै रजत पदक हात पारे ।
महिला म्याराथनमा नेपाललाई रजत
महिला म्याराथनमा नेपालकी पुष्पा भण्डारीले रजत पदक जितेकी छिन् । महिलातर्फ आज भएको ४२ किलोमिटर म्याराथन दौडमा भण्डारीले रजत पदक जितेकी हुन्।





























प्रतिक्रिया