एथ्लेटिक्समा नेपाललाई आज एक स्वर्ण र एक कास्य

एथ्लेटिक्समा नेपाललाई आज एक स्वर्ण र एक कास्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ ५ हजार मिटर दौडमा आज नेपालले स्वर्ण र कास्य पदक जितेको छ ।

आज विहान दशरथ रंगशालामा भएको प्रतियोगितामा नेपालका लागि गोपीचन्द पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गरि स्वर्ण पदक जितेका हुन् ।

यो प्रतिस्पर्धामा भारतका सुनील दावाले रजत पदक पाए। उनले १४ मिनेट ५५.२१ सेकेन्डमा पूरा गरे । यस्तै नेपालका हरिकुमार रिमालले १४ मिनेट ५७.०५ सेकेन्डमा दौड पूरा गरेर कास्य पदक जितेक छन् ।

Skip This
Skip This
Logo