भारतीय हस्तक्षेपविरुद्ध लन्डनमा प्रदर्शन

भारतीय हस्तक्षेपविरुद्ध लन्डनमा प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

लन्डन,

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा बेलायतमा रहेका नेपालीले लन्डनमा प्रदर्शन गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आह्वानमा लन्डनस्थित भारतीय हाई कमिसन अगाडि सोमबार दिउँसो शान्तिपूर्ण प्रदर्शन गरिएको हो। २ सय सहभागीले ‘ब्याक अफ इन्डिया’, ‘छिमेकीलाई सम्मान गर’, ‘नेपाली भूमि फिर्ता गर’, ‘असमान सन्धि खारेज गर’लगायत नारा लेखिएका ब्यानर, प्लेकार्डसहित नेपालको राष्ट्रिय झन्डा बोकेका थिए।

उनीहरूले लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपाली भूभाग समेटेर भारतले हालै जारी गरेको राजनीतिक नक्सा सच्याउनु पर्ने माग गरेका थिए। नेपाली भूमि संरक्षणका लागि नेपालमा उठिरहेको आवाजप्रति ऐक्यबद्धताका लागि प्रदर्शन गरिएको एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले बताइन्। यो प्रदर्शनमा अन्तर्राष्ट्रिय जगतको नजर परेकाले यसबाट भारतलाई गल्ती सच्याउन नैतिक दबाब बढ्ने विश्वास अध्यक्ष गुरुङले व्यक्त गरिन् ।

एनआरएनए केन्द्रीय परिषद्ले सम्बन्धित मुलुकमा भारतीय दूतावास वा हाई कमिसनमा पुगेर विरोध प्रदर्शन गर्न निर्देशन दिए अनुसार विरोध कार्यक्रम आयोजना गरिएको एनआरएन यूकेका महासचिव फडिन्द्र भट्टराईले बताए ।
अन्नपूर्णबाट

Logo