मस्को,
रुसमा लामो समयसम्म आफ्नै बावुबाट बलात्कृत भएपछि तीन दिदीबहिनीले बावुको हत्या गरेका छन् । क्रेस्टिना, एन्जेलिना र मारिया खचतुर्यानले बावुलाई चक्कु प्रहार गरेर हत्या गरेका थिए ।
छोरीहरुको आक्रमणबाट घाइते भएका बावु मिखाइलको मृत्यु भएको हो । बावुबाट यौन शोषण हुँदा उनीहरु १७, १८ र १९ वर्षका थिए । लामो समयदेखि बावु मिखाइलले यौन शोषण तथा बलात्कार गरेको भन्दै उनीहरुले आक्रमण गरेका थिए ।
यस्तो घटनापछि महिला अधिकारकर्मीहरुले ती दिदीबहिनीलाई जेल सजायमा नपठाएर मानसिक उपचार गराउनुपर्ने बताएका छन् । अनुसन्धानकर्मी टोलीले मंगलबार घटनाको पुष्टि गर्दै हत्यामा प्रत्यक्ष रुपमा दुई छोरी दोषी रहेको ठहर गरेको छ । एन्जेलिना र क्रिस्टेनालाई हत्याको दोषी ठहर गरिएको हो । तर कान्छी मारियालाई भने मानसिक उपचारका लागि निगरानीमा राख्न सुझाव दिइएको छ ।
एजेन्सी































प्रतिक्रिया