पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको देउवाको आरोप

पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको देउवाको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाउनु भएको छ ।

सोमबार सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामाङ्गको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाउनु भएको हो । पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउदै सभापति देउवाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेसबिरुद्ध प्रयोग गरेको पनि आरोप लगउनु भयो । काँग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति देउबाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै बरिष्ठ नेता राम चन्द्र पौडेलले जनता सरकार प्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताउनु भयो । निर्वाचनको नतिजाले जनता सरकार सँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत हो नेता पौडेलले भन्नु भयो । कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको बताउनु भयो । कार्यक्रममा बोल्ने अन्य नेताहरुले निर्वाचन परिणामलाई गम्भीर ढंगले समिक्षा गर्नु पर्ने बताउनु भएको थियो ।

सरकारप्रति जनताको असन्तुष्टि बढ्यो : कांग्रेस प्रवक्ता

कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले उपनिर्वाचनको परिणामले सरकारप्रति जनताको असन्तुष्टि बढेको पुष्टि भएकोे बताउनु भएको छ ।

मंसिर १४ गते भएको उपनिर्वाचनको अन्तिम परिणाम पछि कांग्रेसले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारप्रति असन्तुष्टि बढ्दै गएको पुष्टि उपनिर्वाचनले गरेको बताउनुभयो । उहाँले कांग्रेसले उपनिर्वाचनमा परिणामलाई भन्दा निर्वाचनको प्रकृयालाई ध्यान दिंदा निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन भएको बताउनुभयो ।

उहाँले सरकार निर्वाचनलाई भयरहीत र निस्पक्ष बनाउन भन्दा निर्वाचन आयोगको आचारसंहितालाई उलंघन गरी प्रदेश प्रमुखहरुको पदलाई रिक्त गर्ने र नयाँ नियुक्त गर्ने तथा मन्त्री मण्डलको पुर्नगठन गर्न केन्द्रित भएको आरोप समेत लगाउनुभयो । यस्तो अवस्थामा कांग्रेसले केही स्थानीय तह गुमाएको भएपनि उपत्यकाको भक्तपुर र धरान उपमहानगरपालिका लगायतका महत्वपूर्ण स्थानमा जित हासिल गरेको बताउनु भयो । प्रवक्ता शर्माले उपनिर्वाचनको परिणामले कांग्रेस कहाँ छ भन्नेहरुलाई जवाफ दिएको समेत बताउनुभयो ।

उहाँले मतदाताले दुरगामी अर्थ राख्नेगरी सन्देश दिएको भन्दै नेपाली कांग्रेस हरेक मतप्रति प्रतिवद्ध रहेको समेत बताउनुभयो ।

Skip This
Skip This
Logo