काठमाडौं,
दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज २० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । आज एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन, भलिबल र उसुको प्रतिस्पर्धा हुनेछ ।
भलिबलको महिला र पुरुष तर्फको फाइनल आज हुनेछ । पुरुषतर्फको उपाधिका लागि भारत र पाकिस्तान आमने सामने हुँदैछन् भने महिलातर्फ नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । त्यस्तै आज एथलेटिक्समा १५ सय मिटर पुरुष र महिला, सटपुट पुरुष र महिलाको खेल संचालन हुनेछ। एथलेटिक्समा एक सय र चार सय मिटर दौड संचालन हुनेछन् ।
कराँतेमा पुरुषको ६० केजी मुनि, ६७ केजी मुनी र ७५ केजी मुनिको प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ ५५ केजी मुनि, ६१ केजी मुनी र ६८ केजी मुनिमा खेल हुनेछ ।
आजबाट नेपालको पुरुष फुटबल खेल सुरु हुनेछ । क्रिकेट पनि आज नै सुरु हुनेछ। फुटबलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल दशरथ रंगशालामा दिउँसो एक बजे हुनेछ भने बंगलादेश र माल्दिभ्सबीचको खेल साँझ पाँच बजे हुनेछ । महिला फुटबलमा नेपाल र श्रीलंका तथा भारत र माल्दिभ्स खेल्दैछन् ।
पुरुष क्रिकेटमा आज नेपाल र श्रीलंकाको यू–२३ टिमबीच प्रतिस्पर्धा हुनेछ । पोखरामा हुने महिला क्रिकेटमा भने श्रीलंका र बंगलादेश खेल्नेछन् । यस्तै उसुमा महिला र पुरुषको चाङक्वान गरी दुई स्वर्णको टुंगो लाग्नेछ । ट्रायाथलनमा मिक्सड रिलेको फाइनल हुनेछ । सोमबार एकैदिन १५ स्वर्णपदक सहित नेपाल हाल सम्म शिर्षस्थानमा छ ।





























प्रतिक्रिया