उप निर्वाचन २०७६ : कास्कीमा भट्टराईलाई १४ हजार ८ सय ७९ मत प्राप्त, ७ हजार २९ मतको अग्रता

उप निर्वाचन २०७६ : कास्कीमा भट्टराईलाई १४ हजार ८ सय ७९ मत प्राप्त, ७ हजार २९ मतको अग्रता

केन्द्रबिन्दु
0
Shares

कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७  हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ७ हजार २९ रहेको छ । अहिलेसम्म वडा नं ३३, २१, २० र १७ र १६ को गणना सम्पन्न भएको छ ।

फाल्गुनन्द गाउपालिकामा जम्मा १६९४ मत गणना हुँदा नेकपाले ७८१, काँग्रेस ७१३, समाजवादीले ९३ र अन्यले ४२ मत प्राप्त गरेका छन् भने १५ मत वदर भएको छ ।

संखुवासभा मकालु गाउँपालिकामा नेकपा ९५७, नेपाली काँग्रेस ७५१ र समाजवादीका उम्मेदवारले १४३ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

उता महोत्तरी पिपरा गाउपालिकामा नेकपाले २२२८,  राजपाले २१३१, काग्रेसले ८८६ र समाजवादीका उम्मेदवारले १८०० मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ ।

बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिँदा नेकपाकी उम्मेदवार बिमला खत्रीले ७७२ मत अन्तरले अग्रता लिएकी छन् ।

बिमलाले १ हजार ९०६ र नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११३४ मत पाएका छन् । राप्रपाका भुपाल रावतले १०, साझा पार्टीका शिवकुमार चौधरीले ६, समाजवादीका डिल्लीबहादुर डाँगीले ५ मत पाएका छन् ।

धरान १७, १८, १९ र २० को मतगणना सकिएको छ । कुल गनिएको मत ९८५१ मा नेकपाले प्राप्त मत ४५७४ , नेकाले प्राप्त मत ४५१७ , पानीको वोतल १५४, खुकुरी १६४ , समाजवादी हत्केला १४३ , गाई ३६ ,केटाकेटि २६ , हसियातारा १३ , साँडे गोरु ६, हलो ५ , तराजु ५ ,वाँकी अन्यले २६ मत पाएका छन् भने १८२ मत वदर भएको छ ।

 

Skip This
Skip This
Logo