- जितेन्द्र रसिक –
नेपाल भारत सीमा समाधानकाे एउटै आधार सुगाैली सन्धिका बुँदाहरू भएकाे ग्रेटर नेपालका अभियन्ता तथा पूर्व राजदुतहरूले बताएका छन् । १९५० काे नेपाल भारत मैत्री सन्धि समेत कुनै एक मुलुकले नचाहेकाे बेला एक वर्षकाे भाखा राखेर पुनरावलाेकन तथा खारेजी गर्न सक्ने र १९५० कै सन्धिमा सुगाैली सन्धि खारेजी भएकाे सहमतिसँगै अंग्रेज युद्धमा गुमाएका सबै भूभाग नेपालकै भइसकेकाेले सरकारले आफ्नाे भुभाग फिर्ता लिन दावी गर्ने प्रमुख आधार भएकाे विज्ञहरूले बताएका हुन् ।
सुगाैली सन्धिकाे इतिहास हेर्ने हाे भने सन् १८१४ देखि १८१६ सम्म नेपाल–अङ्ग्रेज युद्ध भएको थियो । तत्कालीन भाषामा भन्नुपर्दा नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनीबीच यो युद्ध भएको थियो । नेपाल र ब्रिटिश इस्ट इण्डिया कम्पनी सरकारबीच भएको यो युद्धलाई एङ्गलो–नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ ।
यही युद्धलाई रोक्न जुन सन्धि भएको थियो, त्यसैलाई सुगौलीको सन्धि भनिन्छ । सुगौली भन्ने स्थानमा भएको यो सन्धि ४ मार्च १८१६ मा कार्यान्वयनमा आएको थियो । यस सन्धिमा नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्र शेखर उपाध्यायले र ब्रिटिश पक्षबाट लेफ्टिनेन्ट कर्नेल प्यरिस ब्राडशाले हस्ताक्षर गरेका थिए ।
सुगौली सन्धि अघि नेपालको कूल भूभाग २ लाख ४ हजार ९ सय १७ वर्ग किलोमिटर थियो भने सन्धिपछि नेपालको भूभाग खुम्चेर १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर मात्र बाँकी रह्यो । यस सन्धिमा एक तिहाइ भूभाग नेपालले गुमाउनु प¥यो । यस अन्तर्गत दार्जिलिङ सिक्किम लगायतका क्षेत्र पनि पर्दछन् । सिक्किमका राजा छोग्यालले ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ–वर्तमान उत्तराखण्ड, गढवाल (वर्तमान उत्तराखण्ड), सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू कांगडा (वर्तमान हिमाञ्चल प्रदेश) र तराई क्षेत्रका धेरै भागहरू नेपालले गुमाएको थियो । युद्धमा नेपालमाथि ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहन, जैथक, मलाउँ, देउथल तथा नालापानी लगायत क्षेत्रमा आक्रमण गरेर कव्जामा लिने प्रयास असफल भएको थियो ।
प्रस्तुत छ, यसै बिषयमा तयार पारिएको यो भिडियो रिपोर्ट































प्रतिक्रिया