दार्चुला,
बाह्रै महिना फूल नफूल्नाले दार्चुलाका मौरी व्यवसायी संकटमा परेका छन् । मौरीको चरन क्षेत्रका रूपमा लिइने फूल सधैं नफूल्नाले मौरी पालनमा समस्या भएको लेकम गाउँपालिक– १ सेजालीका मौरीपालक गणेशसिंह कार्कीले बताउनु भयो ।
फूलको अभावले मौरीपालन व्यवसाय सोचे जतिको फस्टाउन नसकेको उहाँको गुनासो छ। ‘बाह्रै महिना फूल फूल्ने भए मौरी पालनमा सहजता हुन्थ्यो, उहाँले भन्नुभयो।’ फूल नफूलेकै कारण मौरीले मह लगाउन समेत छोडेको उहाँले बताउनुभयो।
‘कहिले काहीं सिजन अनुसारका फूल फूल्नाले मौरी पालनमा केहि सहजता हुन्छ, बाँकी दिनहरुमा चिनी खुवाएर मौरी पाल्नु पर्ने बाध्यता छ, मौरी पालक कार्कीले भन्नुभयो।’ मौरीपालन तथा मह उत्पादनका लागि रिठा, चिउरी, तोरी, ऐर, पैयौं, बासिन्दाका फूलहरू उपयुक्त हुने उहाँले बताउनुभयो।
मौरी पालक कार्कीले भुमिराज मौरीपालन उद्योग दर्ता गरी विगत १५ वर्ष देखी मौरीपालन व्यवसाय गर्दै आउनु भएको छ। ग्रामिण वातावरण तथा उद्यम विकास समाज नेपाल (रिड्स) बाट मौरी पालन तालिम लिएका कार्कीले अहिले १ सय घार मौरी पालन गरिरहेका छन् ।
विगतका वर्षमा १ सय ८० वटा मौरी घार रहेकोमा अहिले १ सय घारमात्रै रहेको उहाँले बताउनुभयो। अरिंगाल, कालो कमिला र मैन पुतलीबाट मौरीलाई बचाउन बेल–बेलामा समस्या आइरहने उहाँको भनाई छ। अरिंगालको भेरो नै आएर मौरीलाई खाइदिने गरेको कार्कीको भनाई छ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया