प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी अस्पतालले एक विज्ञप्ति जारी गर्दै दिएको छ । उनलाई भेट्न शिक्षा, स्वास्थ्य मन्त्री र मुख्य सचिव महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।
मंगलबार बिहान पेट दुखेर स्वास्थ्य उपचारका लागि गएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्याक्रिया गरिएको हो। शल्यक्रिया सकिएपछि उनलाई भेट्न र स्वास्थ अवस्था बुझ्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र मुख्य सचिव लोकदर्शन रेग्मी अस्पताल पुगेका हुन्।
डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्ने निर्णयमा चिकित्सकहरू पुगेका थिए। यो सामान्य शल्यक्रियामात्र हो।
शल्यक्रियापछि अहिले प्रधानमन्त्री सिसियूमा छन् । प्रधानमन्त्रीलाई आज अस्पतालमै राखिने अस्पतालले जनाएको छ।
अस्पतालको विज्ञप्ति :-
































प्रतिक्रिया