काठमाडाैं । अस्ट्रेलियाकाे सिड्नी ग्रान्भिलमा नेपाली दम्पतीबिच झगडा हुँदा श्रीमतीले श्रीमानको हत्या गरेकाे छ ।
गैरआवासिय नेपाली संघ अष्ट्रेलियाका अनुसार मृत्यु हुने नेपाली मुलका रहेको र श्रीमतीले धारिलो हतियार प्रयोग गरि बुटवल निवासी सन्तोष गौतम (३४) को हत्या गरेकाे जनाएकाे छ । टाउकोमा गम्भिर चोट लागेर अचेत बनेका सन्तोषलाई राति अबर पारामेडिक्सले अस्पताल पुर्याएका थिए । उनको मृत्यु भएको अष्ट्रेलियाको प्रहरीले जनाएको छ । शनिवार राति उनीहरुबिच झगडा हुदा धारिलो हतियार प्रयोग भएको अनुमान गरिएकाे छ ।
घाइते युवतीको अवस्था सामान्य रहेकाे र हत्या आरोपमा अष्ट्रेलियाली प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनलाई आज पारामाटा अदालतमा पेश गरिने अष्ट्रेलियाली प्रहरीले विज्ञप्ती मार्फत जानकारी दिएकाे छ ।































प्रतिक्रिया