काठमाडौं,
लोकगायक द्वय पशुपति शर्मा र प्रकाश सपुतले लोकदोहोरी क्षेत्रका अनुभवहरु रोचक पाराले सुनाएका छन् । पोखरामा शुरु भएको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालको सातौं महाधिवेशनमा उनीहरुले आफ्ना अनुभवहरु एकआपसमा साटासाट गरेका हुन् ।
केन्द्रबिन्दु टेलिभिजनको कुराकानीमा उनीहरुले लोकदोहोरी गीत प्रतिष्ठान नेपालको चुनावी वातावरणको बारेमा जानकारी दिएका थिए । साथै विगतमा एकअर्काले लोकदोहोरी गित गाउँदा पाएको अनुभवका बारेमा पनि कुराकानी शेयर गरेका थिए ।
पछिल्लो समयमा गायक प्रकाश सपुतको गलबन्दी गितले अपार सफलता पाएको थियो भने अर्का गायक पशुपति शर्माको गित लुट्न सके लुट कान्छा विवादित बनेपनि दर्शक र श्रोताको मन जित्न सफल भएको थियो । उनीहरुवीचको कुराकानी हेरौं यो भिडियोमा ।





























प्रतिक्रिया