परराष्ट्रमन्त्री ज्ञवाली आज साताव्यापी रुस भ्रमणमा जाने

परराष्ट्रमन्त्री ज्ञवाली आज साताव्यापी रुस भ्रमणमा जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणका क्रममा रुस जाँदै छन् । ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिउँसो ४ बजेपछि रुस प्रस्थान गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणकाक्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्नेछन् ।

मन्त्री ज्ञवालीको भ्रमणका क्रममा नेपाल र रुसबीच आपत्कालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।

उनले रुसका राजनीतिक पार्टीका नेता र गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग पनि भेटघाट गर्नेछन् । त्यस्तै मन्त्री ज्ञवाली मंसिर ११ गते सर्वियाको बेलग्रेड पुग्नेछन् ।

Skip This
Skip This
Logo