काठमाडौं,
पछिल्लो १० वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ जना स्वास्थ्यमन्त्री पाए पनि अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेको देखिँदैन । मन्त्रालयले दैनिक काम सञ्चालन गरे पनि जनताको मन जित्ने कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन नसकेको सरोकारवालाहरूको विश्लेषण छ ।
२०६६ सालपछिका १० वर्षको अवधिमा विभिन्न पार्टीका नेताले मन्त्रालय चाख्ने अवसर पाए पनि स्वास्थ्य क्षेत्रको अवस्था भने सन्तोषप्रद छैन । स्वास्थ्य क्षेत्र सुधारका लागि केहीे मन्त्रीले राम्रै प्रयास गरेको भए पनि सन्तोष मान्न सक्ने अवस्था छैन ।
सरकारले स्वास्थ्य बिमा, एक स्थानीय तह एक चिकित्सक, आधारभूत स्वास्थ्य सेवा निःशुल्क, स्वास्थ्यमा ओएनएम सर्वेक्षण, डिजिटलमैत्री सेवा, प्रत्येक जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको सुनिश्चितता लगायतका कार्यक्रमलाई यो अवधिमा उपलब्धिका रूपमा मानेको छ । तर ती कार्यक्रमसमेत द्रुतगतिमा अघि बढ्न सकेका छैनन् । जसले गर्दा स्वास्थ्य क्षेत्रको कार्यकारी नेतृत्वको भूमिकामा रहेको स्वास्थ्य मन्त्रालयको उपलब्धि उत्साहजनक देखिँदैन ।
२०५० को दशकमा नेपालमा स्वास्थ्य क्षेत्रमा संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम) भएको थियो । त्यस समयमा ०४८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या १ करोड ८४ लाख ९१ हजार ९७ थियो । ०६८ को जनगणनाले कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ देखायो । सामान्य रूपमा हेर्दा पनि करिब ८० लाखको वृद्धि भइसकेको जनसंख्या अनुरूप नयाँ दरबन्दी सिर्जना गरिएको छैन ।
यस्तै, सरकारले वडास्तरमा पूर्ण खोप सुनिश्चित, नसर्ने तथा दीर्घरोगको पहिचान तथा रोकथामका लागि ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउने भनिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।
पछिल्लो १० वर्षमा विभिन्न राजनीतिक दलबाट १२ जना मन्त्री फेरिएका छन् । यो अवधिमा दीपक बोहोरा, गिरिराजमणि पोखरेल, राजेन्द्र महतो, गगन थापा, खगराज अधिकारी, उमाकान्त चौधरी, रामजनम चौधरी, लोकेन्द्र विष्ट, कृष्णबहादुर महरा, शक्तिबहादुर बस्नेत, उपेन्द्र यादव, पद्मा अर्याल मन्त्री बने । बिहीबार मात्रै नेकपाको तर्फबाट भानुभक्त ढकालले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।
स्वास्थ्यको नेतृत्व लिएका केही मन्त्रीले प्रभावकारी काम नगर्दा बालबालिकाको खोप, निःशुल्क औषधि, रोग नियन्त्रण, बाल तथा आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमा लगायतका स्वास्थ्यका सबै कार्यक्रममा असर परेको पाइएको छ ।
राजधानीबाट































प्रतिक्रिया