काठमाडौं,
नेपालीहरुले सर्वाधिक रुचाएको नेपाली एप्लीकेशन हाम्रो पात्रोले आज आफ्ना ५० लाख प्रयोगकर्ताहरुको दैनिकिलाई अझ सहज पार्दै https://we.hamropatro.com/home मार्फत् एउटा खरिद बिक्रिको अत्यावश्यक सुविधा सार्वजनिक गरेको छ ।
यदि तपाईं काठमाडौंमा हुनुहुन्छ र आफ्ना नयाँ अथवा पुराना सामान, घरजग्गा, सवारी साधन, मोबाइल, घडी अथवा अन्य आफ्ना सेवा सुविधा अरुलाई बेच्न अथवा खरिद गर्न चाहनु भएको छ भने यो फिचर तपाईंका लागि उपयोगी हुनेछ ।
पहिलो पटक यस सम्बन्धमा हाम्रो पात्रोका संस्थापक, अध्यक्ष शंकर उप्रेतीको फेसबुक वालमा सार्वजनिक भएको हाम्रो पात्रोको आफ्नै कम्यूनीटी सम्बन्धी लिंक हेर्ने हो भने अहिलेसम्म यसमा सर्वाधिक लोकप्रिय कम्यूनीटिको रुपमा हाम्रो पात्रो मा एकदिनमैं झण्डै दुई हजार सदस्य दर्ता भएका छन् ।
हाम्रो प्रयोगकर्ताको आवश्यक्ता तथा सल्लाहलाई मध्यजनर राख्दै वहाँहरुको खरिद बिक्रिको अनुभवकाबिच कुनै तेस्रो पक्ष नहोस् र कुनै पनि सामान अथवा सेवा सिधै बिक्रेताले खरिदकर्तासम्म तथा खरिदकर्ताले बिक्रेतासँग सिधै सम्पर्क गरी कारोबार गर्न सकोस भन्ने उद्देश्यले हामीले हाम्रो हाम्रोपात्रो कम्यूनीटि फिचर सार्वजनिक गरेका हौं । हाम्रा नियमित र ब्यापक प्रयोगकर्ताहरुले यसमा राख्नुहुने सामाग्री अथवा सेवाको खरिद बिक्रिबाट जो कोहीले लाभ लिन सक्नुहुनेछ । हाम्रो पात्रोका संस्थापक, अध्यक्ष शंकर उप्रेतिले बताउनुभयो ।
किन फरक छ त यो कम्यूनिटि फिचर ?
दैनिक कम्तिमा १० लाख भन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रो बढिमा मासिक ५० लाख प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । कसै न कसैको दैनिक उपभोगका, व्यक्तिगत प्रयोगका मोबाईल, घडी, सवारी साधन, घर जग्गा अथवा अन्य कुराहरु बेच्ने अथवा खरिद गर्ने आवश्यक्तालाई हाम्रो पात्रो प्रयोगकर्ता सही विकल्प हुन सक्छन् । आफ्नो कुराहरु बेच्न अथवा खरिद गर्ने व्यक्ति खोज्न हाम्रो पात्रो प्रयोगकर्ताको यो कम्यूनिटि प्रभावकारी छ । समग्रमा यो फिचरलाई प्रयोगकर्ता बनाउनुपर्ने झण्झट छैन र बनिबनाउ प्रयोगकर्ताको एउटा नियमित समूहलाई यस खरिद(बिक्रिको सुविधामा सजिलै जोड्न सक्दछ ।
कसरी जुट्ने त यो कम्यूनिटिमा ?
यो कम्यूनिटिमा अहिले यो लिंक लाई क्लिक गरेर https://we.hamropatro.com/c/ff6e7bb0-0c27-11ea-9a0a-0242ac12003e Login with Google अथवा Login with Facebook मध्ये कुनै एकबाट लगइन गरेर त्यहाँ उपलब्ध कम्यूनिटिहरु मध्ये ‘Hamro Market’ खोल्नुभई त्यहाँ रहेको Join Community भन्ने बटनलाई थिचेर रजिष्ट्रेसनका लागि रिक्वेस्ट पठाउन सकिनेछ । हाम्रो पात्रोले तपाईंको रिक्वेस्टलाई स्विकार्ने छ र तपाईंलाई त्यस कम्यूनिटीमा आफ्ना सामाग्री अथवा सेवालाई तस्वीर सहित पोष्ट गर्न अथवा खरिद-बिक्रिका लागि पोष्ट गरीएका स्ट्याटसहरुमा कमेन्ट गर्ने सुविधा दिनेछ ।































प्रतिक्रिया