बनेपा,
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ विद्यार्थी शुक्रबार (आज) दीक्षित हुने भएका छन् ।
काठमाडौँ विश्वविद्यालयले विहिबार विश्वविद्यालय परिसरमा पत्रकार सम्मेलन गरी २५ औँ दीक्षान्त समारोहबाट चिकित्सा विधा तथा अन्य विधामा स्नातक गरेका विद्यार्थी दीक्षित गर्न लागिएको जनाएको छ । दीक्षित हुनेमा एमसीएच, डीएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १४८, एमबीबीएसका एक हजार ९८, बिडिएसका २१८, बीएस्सी इन नर्सिङका ११६ र बिपिटीका २४ विद्यार्थी रहेको विश्वविद्यालयका सूचना तथा सञ्चार प्रमुख डा हेमराज काफ्लेले जानकारी दिनुभयो ।
चिकित्सा विधाको माथिल्लो तहको एमसीएच उपाधि चार जनालाई प्रदान गरिने छ । ती मध्ये विश्वविद्यालयबाट पहिलो पटक एक जनालाई ‘प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी’ विषयमा एमसीएच उपाधि प्रदान गरिने काफ्लेले बताउनुभयो । दीक्षित हुने मध्ये भारत, भुटान, श्रीलङ्का, मालदिभ्स, अमेरिका र बेल्जियमका २४६ विद्यार्थीसमेत छन् ।































प्रतिक्रिया