जब जहाजको नजिकै चट्याङ् पर्‍यो

जब जहाजको नजिकै चट्याङ् पर्‍यो

केन्द्रबिन्दु
0
Shares

बुधवार न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलमा चट्याङ परेको छ।

विमानस्थलमा रोकिराखेको इमिरेट्स विमानसेवाको एअरबस ए ३८० नजिकै चट्याङ परेको हो । विमानस्थलमा रहेका सिटी हेलिकप्टरका चालक ड्यानियल क्युरीले सो दृश्य क्यामेरामा कैद गर्न सफल भएका थिए ।

न्यूजील्याण्डको मौसम विभागले उक्त क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने पूर्वसूचना दिएसँगै विमान धावनमार्गमा रोकिराखेको थियो । विमानको थोरैमात्र पछाडि चट्याङ परेको कारणले विमानमा आगो लाग्न नपाएको उक्त विमान कम्पनीले जनाएको छ ।

हिजो क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हावाहुरी र असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Skip This
Skip This
Logo