निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू पदमा हुँदा ज्यामी माहुरीले जस्तै काम गरेको बताएका छन्।
बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू बेरोजगार युवाहरूको पक्षमा इमानदारीपूर्वक काम गरेको बताएका हुन्।
‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’ उनले लेखेका छन्। उनले आफू थप ऊर्जा र प्रेरणाको साथमा मन्त्रीबाट बाहिरिएको बताए। यसका साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काम गर्ने अवसर प्रदान गरेकोमा समेत धन्यवाद दिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी रामेश्वर राय यादवलाई दिएका छन्।































प्रतिक्रिया