उदयपुर,
उदयपुरको सदरमुकाम गाईघाटमा अबैध यौन धन्दा गर्ने एक होटल सञ्चालिका सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्रियुगा नगरपालिका– ११ एसके पेट्रोल पम्पको पछाडी होटल सन प्रालिको अगाडी रहेको भेटघाट होटलमा प्रहरीले छापा मारी होटल सञ्चालिका त्रियुगा नगरपालिका– १० की सुष्मा राईसहित ३ महिला ५ जना पुरुष गरी ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
होटलमा प्रहरीले अश्लिल क्रियाकलापमा संलग्न भएको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले राती उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
एक होटल ब्यवसायीका अनुसार गाईघाट बजारमा करिब एक दर्जन होटलमा यस्तो यौन धन्दा हुने गरेको छ । पक्राउ परेका सबैलाई आपत्तिजनक अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
राजधानीबाट































प्रतिक्रिया