इस्लामाबाद,
पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज सरिफ उपचारका लागि बेलायत प्रस्थान गरेका छन् । भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय भोगिरहेका सरिफ अदालतले उपचारका लगि फुकुवा गरिदिएपछि मंगलबार लण्डनका लागि उडेका हुन् ।
पछिल्लो केही महिनादेखि सिकिस्त उनलाई चिकित्सककै सल्लाह वमोजिम उपचारका लागि विदेश जान फुकुवा भएको हो । उनलाई लिन लाहोर विमानस्थलमा एकाबिहानै दोहाबाट एयर एम्बुलेन्स आइपुगेको बताइएको छ ।
उनको यात्रा अवधिभर चिकित्सक टोली पनि विमानभित्रै रहनेछ । ६९ वर्षीय नवाजले चौधरी सुगरमिल्स काण्डमा भ्रष्टाचार गरेको मुद्दा खेपिरहेका छन् । उनीसँगै उनकी छोरी मरियम पनि सोही मुद्दामा जेलमै छिन् ।
एजेन्सी































प्रतिक्रिया