मोरङ,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयन लगायतमा सहजीकरण गरिदिने भन्दै निजले २१ हजार घुस मागेको अभियोग छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई मंगलबार पक्राउ गरिएको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।































प्रतिक्रिया