नेपाल श्रीलंकालीहरूको मन मस्तिकमा छ – राष्ट्रपति राजापाक्षे

नेपाल श्रीलंकालीहरूको मन मस्तिकमा छ – राष्ट्रपति राजापाक्षे

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतावया राजापाक्षेले गौतम बुद्धको जन्मस्थल लुम्बिनी श्रीलंकालीहरूको मन मस्तिकमा रहेको भन्दै निकट भविष्यमै प्रधानमन्त्री केपी ओलीसँग भेट हुने अपेक्षा गरेका छन् । बुद्धमार्गी उनले यसअघि बुद्धजन्मस्थल लुम्बिनीको भ्रमणसमेत गरेका थिए ।

राष्ट्रपति निर्वाचित भएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत दिएको बधाइ सन्देशमा तत्काल प्रतिक्रिया दिँदै राष्ट्रपति राजापाक्षेले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अस्तित्व पुनः गतिशील बनाउने कुरामा समेत जोड दिएका छन् । उनले ओलीलाई धन्यवाद दिदै बुद्धको जन्मभूमिका रूपमा श्रीलंकालीका मुटुमा नेपालको विशेष स्थान रहेको बताएका छन्।

सोमवार प्रधानमन्त्री ओलीले राजापाक्षेलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाइ दिँदै आफू घनिष्ट सहकार्यका लागि इच्छुक रहेको बताएका थिए ।

राजापाक्षेले ट्वीटमा भनेका छन्–’भगवान् गौतम बुद्धको जन्मस्थल भएका कारण नेपाल श्रीलंकालीहरूको मन–मुटुमा विशेष स्थान राख्छ । सार्क क्षेत्रभित्र शान्तिपूर्ण सहअस्तित्वको वृद्धि र आर्थिक समृद्धिका लागि मैले प्रयास गर्नेछु र छिट्टै नै तपाईंलाई भेट्ने अवसरको प्रतीक्षामा रहनेछु ।’

राजापक्ष पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका भाइ हुन्। उनले श्रीलंकामा तामिल विद्रोहीलाई दबाउन मुख्य भूमिका खेलेका थिए।

Skip This
Skip This
Logo