हाहाकार भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छोडिन् प्याज

हाहाकार भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खान छोडिन् प्याज

केन्द्रबिन्दु
0
Shares

प्याजको भाउ अकासिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदको भान्छामा समेत प्याज पाक्न छोडेको छ ।

महंगीका कारण मानिसहरुले प्याजको उपभोग नै गर्न सकिरहेका छैनन्। केही समयअघि प्रतिकेजी ३० टका रहेको प्याजको भाउ बढेर आज २ सय ६० टका पुगेको छ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदका डेपुटी प्रेस सेक्रेटरी हसन जाहिदले हवाईजहाजबाट प्याजको आयात गरिरहेको बताएका छन्।  प्रधानमन्त्री हसिनाले आफ्नो खानामा प्याजको प्रयोग नै बन्द गरेको जाहिदलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्याजको मूल्यलाई लिएर राजधानी ढाकामा उपभोक्ताहरुले विरोध प्रदर्शन सुरु गरेका छन्। बंगलादेश सरकारले खपत धान्‍नका लागि हवाईजहाजमा राखेर प्याज आयात गरिरहेको छ। बंगलादेशका रेस्टुरेन्टहरुमा पनि प्याजको प्रयोग घटेको समाचारमा जनाईएको छ।

बंगलादेशको प्रमुख विपक्षी पार्टीले पनि प्याजको मूल्यविरुद्ध आज देशव्यापी प्रदर्शनको घोषणा गरेको छ। सरकारलको गलत नितीका कारण देशमा तरकारीको भाउ आकासिएको विपक्षी पार्टीको आरोप छ।

ट्रेडिङ कर्पोरेशन अफ बंगालदेशले उपभोक्तालाई राहत दिन सुपथ मूल्य पसल खोलेको छ। त्यहाँ ४५ टाकामा एक किलो प्याज पाइन्छ ।सुपथ मूल्यमा प्याज किन्न मान्छेहरू घन्टौंदेखि लाइन बसेका हुन्छन् ।

बंगलादेशले अहिले म्यानमार, टर्की र इजिप्टबाट प्याजको आयात गरिरहेको छ ।

नेपालमा पनि प्याजको मूल्य प्रतिकिलो २०० रुपैयाँ पुगेको छ।

Skip This
Skip This
Logo