मोटरसाइकल दुर्घटना हुँदा ताहाचलमा एकजनाको ज्यान गयो

मोटरसाइकल दुर्घटना हुँदा ताहाचलमा एकजनाको ज्यान गयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

काठमाडौँ महानगरपालिका–१३ ताहाचलमा मोटरसाइकल दुर्घटना हुँदा आइतबार एक जनाको मृत्यु भएको छ ।

ताहाचलस्थित सडकमा बा ८९ प ९४८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार काठमाडौँ वाफल बस्ने धादिङ खानिखोलाका २२ वर्षीय राजु लामाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेशनल अस्पताल कलङ्कीमा उपचार हुन नसकेपछि ट्रमा सेन्टरमा ल्याइएकामा सोही उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ठक्करले पैदलयात्रीको मृत्यु

यता पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–५ मोचाबारीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–१ तनहुँ बस्ने ७६ वर्षीय लोकबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थर्पुबाट दमौलीतर्फ आउँदै गरेको बा ८२ प ६४९० नं को मोटरसाइकलले ठक्कर दिँदा घाइते विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिनुभयो । मोटरसाइकलको ठक्करबाट विकको दायाँ खुट्टा र कानमाथिको भागमा गहिरो चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo