इन्डोनेसियामा भूकम्पपछि सुनामीको त्रास

इन्डोनेसियामा भूकम्पपछि सुनामीको त्रास

केन्द्रबिन्दु
0
Shares

जकार्ता,

इन्डोनेसियामा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । इन्डोनेसियाको मालुकु टापुमा ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको हो । जुन टर्नेटे बन्दरगाह भएको सहरबाट ४५ किलोमिटर टाढा पर्छ ।

भूकम्पपछि यहाँका भूगर्भविद्हरुले सुनामीको खतरा औंल्याएका हुन् । समुद्री किनारमा र होचो भूभागमा सुनामीको असर पर्नसक्ने भन्दै त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सचेत गराइएको छ । भूकम्पको ठूलो धक्का महसुश भएकाले यसको असर सुनामीमा देखिन सक्ने बताइएको छ ।
एजेन्सी

Logo