‘सेल-पे’ को दोस्रो चरणको स्टल एक्टिभेसन शुरू

‘सेल-पे’ को दोस्रो चरणको स्टल एक्टिभेसन शुरू

केन्द्रबिन्दु
0
Shares

भुक्तानी सेवा प्रदायक सेल-पे ले आजबाट दोस्रो चरणको स्टल एक्टिभेसन शुरू गरेको छ । यो एक्टिभेसन कार्यक्रम काठमाण्डौका बिभिन्न शहरमा भईरहेको सेल-पेले जनाएको छ।

नक्साल भाट्भटेनीमा कार्तिक २९ र ३० गते, महाराजगञ्ज भाट्भटेनीमा मंसिर ६ र ७ गते र पाटन भाट्भटेनीमा मंसिर १३ र १४ गते १० देखि ५ बजे सम्म हुने जनाएको छ ।

यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसंग अन्तरक्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेको छ। एक्टिभेसनको समयमा सेलपेले स्पट केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात १०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिन्छ। सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर गर्न सकिन्छ ।

Skip This
Skip This
Logo