भ्रमण वर्षको प्रचारप्रसार गर्न ‘पल्सर द नेक्स्ट डेस्टिनेसन’ शो

भ्रमण वर्षको प्रचारप्रसार गर्न ‘पल्सर द नेक्स्ट डेस्टिनेसन’ शो

केन्द्रबिन्दु
0
Shares

भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्ने उद्देश्यले ‘पल्सर द नेक्स्ट डेस्टिनेसन’ नामक टेलिभिजन शो प्रशारण हुने भएको छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’सचिवालयले ‘म्यापिङ न्यु डेस्टिनेसन’को नारासहित तयार पारिएको कार्यक्रम नेपाल टेलिभिजन तथा हिमालयन टेलिभिजनमार्फत् प्रसारण हुने छ । द होराईजन मल्टिमिडिया तथा ‘नेपाल भ्रमण वर्ष’ सचिवालयको सहकार्यमा कार्यक्रम निर्माण गरिएको हो ।

कार्यक्रममा नेपालका विभिन्न २६ वटा पर्यटकीय गन्तव्य समेटिने छन् । पर्यटनको उच्च सम्भावना बोकेका तर प्रचार–प्रसारको अभावले ओझेलमा परेका गन्तव्यलाई उजागर गर्ने कार्यक्रमको लक्ष्य रहेको द होराईजन मल्टिमिडियाका अध्यक्ष आरके धितालले जानकारी दिए । कार्यक्रममा गन्तव्यको ऐतिहासिक, भाषिक, सांस्कृतिक, धार्मिक पाटासँगै त्यहाँको जीवनशैली, खानपान र कथालाई समेटिने बताइएको छ ।

कार्यक्रमको पहिलो  शृंखला शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुनेछ ।

Skip This
Skip This
Logo