एसिसी इमर्जिङ टिम्स कपमा नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

एसिसी इमर्जिङ टिम्स कपमा नेपालले भारतलाई दियो १९४ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा बिहीबारबाट सुरु  एसिसी इमर्जिङ टिम्स कपमा नेपालले भारतको यु-२३ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ। ढाकास्थित बंगलादेश क्रिरा शिख्खा प्रोटिस्थान क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै १९३ रन बनायो । ४४.५ ओभरमा अल आउट भएको नेपालका लागि ब्याट्सम्यानहरूले गतिलो योगदान दिन सकेनन् । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्यमै आउट भएका थिए ।

नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाए । शरद भेषवाकरले ४४, डेब्यु गरेका कुशल भुर्तेलले २८, दिपेन्द्र सिंह ऐरीले २४ र करण केसीले २० रन बनाउनु बाहेक नेपालका अन्य  ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

टिममा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने छैनन्। दुवै जनाले युएईमा हुने टी-१० लिग खेल्नका लागि क्यानसँग अनुमति  लिएका थिए।

मंसिर ७ गतेसम्म हुने टिम्स कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा आयोजक बंगलादेश, भारत र हङकङ छन्।

एकदिवसीय प्रतियोगितामा टेस्ट राष्ट्रका यु–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् भने नेपाल लगायतका एसोसिएट देशको राष्ट्रिय टिमले भाग लिनेछन्।

नेपालको दोस्रो खेल हङकङसँग कात्तिक ३० गते र समूह चरणको अन्तिम खेल बंगालेशसँग मंसिर २ गते हुनेछ।

Skip This
Skip This
Logo